Skip to content

बुद्धिस्ट गुम्बा रेडिङ युकेको आयोजनामा ऐतिहासिक च्यारिटी गजल डिनर साँझ भब्य रुपमा सम्पन्न

बुद्धिस्ट गुम्बा रेडिङ युकेको आयोजनामा ऐतिहासिक च्यारिटी गजल डिनर साँझ सम्पन्न भएको छ ।

नेपालका ख्यातिप्राप्त गजल गायक राज सिग्देल र तिलकसिंह पेलाको उपस्थितिमा बेलायतमा पहिलो पटक गजलै गजलको साँझ भएको हो ।

आइतबार राति एम्पायर हलमा भएको कार्यक्रम सञ्चालन महासचिव कमल गुरुङ र सचिव युवराज गुरुङले गरेका थिए । प्रमुख अतिथि मेजर उदयबहादुर गुरुङ एमबीई, विशेष अतिथिमा युकेस्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि रहेका थिए । गजल साँझमा बुद्धिस्ट गुम्बा रेडिङका शुभचिन्तक तथा भक्तजनको उपस्थितिले  हल खचाखच भरिएको थियो ।

४५ वटा टेबुल बुकिङ भएकामा अपुग भएपछि सहभागीले उभिएरै कार्यक्रमको मनोरञ्जन लिएका थिए । कलाकारले  उनीहरूको रोजाइका गजलहरू प्रस्तुत गरे ।

 

साउन्ड सिस्टममा हेम बिस्ट रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि उदयबहादुर गुरुङ एमबीईले आफ्नो मन्तव्य पनि राखेका थिए । उपाध्यक्ष कृष्ण गुरुङले अतिथि तथा सहभागीलाई स्वागत गरे । अध्यक्ष इन्स्पेक्टर खेमबहादुर गुरुङ सबैलाई धन्यवाद ज्ञापन गरे ।  यस्तै, गुम्बामा प्रमुख गुरु खेन रिम्पोन्छे पाल्तेन गुरुङ १० मिनेट बुद्ध ज्ञानबारे प्रवचन दिएका थिए । प्रमुख अतिथि, अध्यक्ष र प्रमुख गुरुले संयुक्त रूपमा क्यान्डिल बालेका थिए ।

अथिति र हल व्यवस्थापन मेजर बुद्धिबहादुर गुरुङ, चन्द्रमान गुरुङले गरेका थिए । आमा समूहबाट उषाकुमारी गुरुङ, मिनाकुमारी गुरुङ र भीमकुमारी गुरुङले पनि सहयोगीका रूपमा खटिएका थिए । सचिव युवराजले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराए ।

आमा समूहको आकर्षणका रूपमा ३० जना आमाहरूले गुरुहरूसँगै बसेर च्योद मलम पाठ गरेका थिए । सयपत्री टिम, रेडिङ समाज र पानसको विमल गुरुङको टिमले नृत्यसमेत प्रस्तुत गरे । सो अवसरमा राफल ड्र पनि भएको थियो । राफल ड्रको लागि प्रथम पुरस्कार प्रायोजन लक्ष्मी ज्वेलरीले तथा दोस्रो पुरस्कार प्रायोजन डी लन्जले गरेका थिए ।

अन्त्यमा गजल गायन भएको थियो । गायकद्वय सिग्देल र पेलाले  ‘के लत बस्यो मलाइ’, ‘उ जितेर गई या हारेर गई’लगायत नेपाली र हिन्दी गजल प्रस्तुत गरे ।

यसैगरी, कार्यक्रममा १५ जना गुम्बाको आजीवन सदस्य बनेका थिए भने विभिन्न दाताहरूले गुम्बालाई आर्थिक सहयोग गरेका थिए । कलाकारलाई गीत रिक्वेस्ट गरेर एक हजार ६०० पाउन्ड संकलन भएको थियो ।  गुम्बा निर्माण तथा मर्मतका लागि सहयोगार्थ च्यारिटी गजल डिनरको आयोजना गरिएको हो । गजल साँझको परिकल्पना महासचिव कलम गुरुङले गरेका हुन् ।

गजल साँझका लागि टिकटदर प्रतिव्यक्ति साधारणतर्फ ४० पाउन्ड तथा भीआईपीतर्फ १०० पाउन्ड रहेको थियो । गुम्बाले यसअघि २०१९ जुलाईमा पहिलो च्यारिटी गरेको थियो। त्यसबेला आनिछोइङ डोल्माले प्रस्तुति दिएकी थिइन् ।

 

Share the Post:

Recent Posts

Pragyaparamita (Hyumposti)

With the noble intentions of world peace, the salvation of all departed souls (ancestors), and the accumulation of boundless merit, Buddhist Gumba Reading UK has

Read More »

Saga Dawa

In Saga Dawa, Buddhist Gumba Reading UK (BGRUK) successfully hosted a sacred one-day Shindrup Brata at own monastery on Sunday, 17 May 2026. Saga Dawa

Read More »

Related Posts

बुद्धिष्ट गुम्बा रेडिङको आयोजनामा धर्म देशना भब्य रुपमा सम्पन्न

बुद्धिष्ट गुम्बा रेडिङ यूकेको आयोजनामा अगष्ट १८ तारिख ‘बर्दो थ्योडोल छेन्मो’ अर्थात ‘अन्तराभव श्रवण महाविमुक्ति’ धर्म देशना कार्यक्रम सम्पन्न भएको

Read More
Back To Top