Skip to content

३१ मार्चमा बुद्धिस्ट गुम्बा रेडिङ ले च्यारिटी गजल डिनर गर्दै सबैलाई चुलो निम्तो

बुद्धिस्ट गुम्बा रेडिङ युकेले ३१ मार्चमा आयोजना गर्न लागेको च्यारिटी गजल डिनर साँझको तयारी अन्तिम चरणमा पुगेको छ ।

बुद्धिस्ट गुम्बा रेडिङ युकेले शनिबार आफ्नै हलमा पत्रकार सम्मेलन आयोजना गरेर गजल डिनर र यसको तयारीबारे जनाकारी दिएको हो । गुम्बा निर्माण तथा मर्मतका लागि सहयोगार्थ च्यारिटी गजल डिनरको आयोजना गर्न लागिएको हो ।

अल्डरसटस्थित एम्पायर हलमा हुने गजल डिनरमा ख्यातिप्राप्त गजलगायक तिलकसिंह पेला र राज सिग्देलको प्रस्तुति रहनेछ ।

429916463_898276368646972_4388465188391388235_n-1709997300.jpg
महासचिव कमल गुरुङले पत्रकारहरूलाई स्वागत गर्दै पत्रकार सम्मेलनको शुरूआत गरे । युकेमा गजलैगजलको साँझ पहिलो पटक गर्न लागिएको उनले बताए ।

त्यसपछि अध्यक्ष इन्सपेक्टर खेमबहादुर गुरुङले कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । पुण्य कामका लागि भएकाले कार्यक्रमको टिकट काटेर सहयोग गर्न उनको अनुरोध छ । charity-dinner-1709997138.jpgउपाध्यक्ष नरबहादुर गुरुङ, कोषाध्यक्ष मेजर बुद्धि गुरुङ, सचिव युवराज गुरुङ, कार्यक्रमका कोअर्डिनेटर चन्द्रमान गुरुङलगायतको उपस्थिति थियो ।

गुम्बाको मर्मत सम्भारका लागि आर्थिक संकलनका लागि गजल डिनर आयोजना गर्न लागिएको कोअर्डिनेटर चन्द्रमान गुरुङले बताए । कार्यक्रममा आएर दान गरेर पुण्य कमाउन र मनोरञ्जनसमेत लिन उनले आग्रह गरे । कलाकारको भिजालगायत प्रक्रिया पूरा भइसकेको उनले जनाए ।

431106250_1787805648400112_5793919377270475463_n-1709997427.jpg
कोषाध्यक्ष गुरुङले आर्थिक संकलन र भावी कार्ययोजनाबारे जानकारी गराए । अन्त्यमा अध्यक्ष गुरुङले पत्रकार सम्मेलनमा उपस्थित सबैलाई धन्यवाद दिँदै समापन गरे ।

टिकटदर प्रतिव्यक्ति साधारणतर्फ ४० पाउन्ड तथा भीआईपीतर्फ १०० पाउन्ड रहेको छ । प्रायोजकलाई भीआईपी टिकट हुने र ४०० पाउन्डभन्दा माथि सहयोग गर्नेलाई २ वटा भीआईपी टिकट दिइने महासचिव गुरुङले बताए ।

430483322_929709355359861_1029273658956760846_n-1709997520.jpg
गुम्बाले यसअघि २०१९ जुलाईमा पहिलो च्यारिटी गरेको थियो। त्यसबेला आनिछोइङ डोल्माले प्रस्तुति दिएकी थिइन् ।

Share the Post:

Recent Posts

Pragyaparamita (Hyumposti)

With the noble intentions of world peace, the salvation of all departed souls (ancestors), and the accumulation of boundless merit, Buddhist Gumba Reading UK has

Read More »

Saga Dawa

In Saga Dawa, Buddhist Gumba Reading UK (BGRUK) successfully hosted a sacred one-day Shindrup Brata at own monastery on Sunday, 17 May 2026. Saga Dawa

Read More »

Related Posts

Back To Top