Skip to content

बुद्धिष्ट गुम्बा रेडिङको आयोजनामा धर्म देशना भब्य रुपमा सम्पन्न

बुद्धिष्ट गुम्बा रेडिङ यूकेको आयोजनामा अगष्ट १८ तारिख ‘बर्दो थ्योडोल छेन्मो’ अर्थात ‘अन्तराभव श्रवण महाविमुक्ति’ धर्म देशना कार्यक्रम सम्पन्न भएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा आयोजित उक्त कार्यक्रममा बेलायत आसपासका बुद्ध धर्मावलम्बीलगायत अन्य धर्ममा आस्था राख्नेहरुको उल्लेखनीय उपस्थिति थियो ।

 

गुम्बाका मूल गुरु खेन् रिन्पोछे शिर लामा (थुव्तेन येशे), खेन्पो सन्तोष गुरुङ, लामा रक्षा गुरुङ र लामा गम गुरुङले मृत्यु अवस्थाको अन्तराभव, धर्मता अन्तराभव, भाव अन्तराभव जस्ता विषयमा आधारित मृत्यु पश्चात गरिने बौद्धिक विधि, पद्धति तथा संस्कार सम्बन्धि संयुक्त रुपमा सम्पूर्ण धर्मावलम्बीका लागि ग्रह शान्ति एवम् बृहत च्योद पूजाआजा  गरेका थिए ।

शिर लामाले ‘बर्दो थ्योडोल छेन्मो’(अन्तराभव श्रवण महाविमुक्ति) र मृत्यु संस्कार विषयमा उपस्थित भक्तजनहरुलाई जानकारी गराएका थिए । कुनै पनि कार्यको सुरुदेखि समाप्त नहुन्जेलसम्मको बीचको समयलाई बर्दो भनिन्छ अर्थात जन्मेपछि मृत्यु नहुन्जेलसम्मको अवधि नै बर्दो हो । ‘बर’ को अर्थ बीच र ‘दो’ को अर्थ अवस्था भन्ने बुझिन्छ । भगवान बुद्धका उपदेशहरु देश, काल र परिस्थिति अनुकुल अनुरुप फरक फरक विषय र शैलीमा पाइन्छ ।

विभिन्न उपायद्वारा मृतकलाई धर्म देशना सुनाएर मुक्त गराउने अत्यन्त उत्तम उपाएको रुपमा बर्दो थ्योडोललाई लिइन्छ । यसैगरी मानिस विमारी भएर अन्तिम अवस्थामा रहंदा उसको नजिक गैर श्रवन विमुक्ति उपदेश सुनाउन सकेमा अत्यन्त लाभदायक हुने ग्रन्थमा उल्लेख छ । अन्तिम अवस्थामा पाठ सुनाउंदा कतिपय जीवित हुने सम्भावना हुने र कतिपयको  नफर्किने गरि निधन हुन्छ ।

यसैगरी लामाले विभिन्न प्रकारका बर्दो, मरनाकालीन अन्तराभव, धर्मता अन्तराभव, भाव अन्तराभव तथा मृत्यु संस्कार विधिको बारेमा पनि शिर प्रष्ट्याएका थिए । जन्म पश्चात मृत्यु सत्य भएपनि कुन ठाउँमा कस्तो प्रकारले मृत्यु हुन्छ भन्ने निश्चित हुँदैन । यसलाई परिवार र स्वयम् आफैंले पनि स्वीकार्नुपर्छ । करिव ८० प्रतिशत मानिसहरु मृत्यु आफ्नै घरमा चाहन्छन्, तर यहाँ यसको विपरित भइरहेको र अस्पतालमा मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ ।


कार्यक्रममा लामाले बौद्ध ग्रन्थ (बुम) प्रज्ञापारमिताको बारेमा परिचय र यसको फाइदाको बारेमा उल्लेख गरेका थिए । जस अनुसार भगवान बुद्धले ३५ वर्षदेखि ८० वर्षसम्म देव, नाग, मनुष्यलगायत विभिन्न स्थानमा  ज्ञान प्राप्त गरेका थिए जसलाई  ‘तीन क्रमिक धर्मचक्र’ भनिन्छ । जसमध्ये दोस्रो धर्म चक्र प्रवर्धन अन्तर्गत  बुम ह्युम पर्दछ, जसको विषयवस्तु प्रज्ञापारमिता हो । यसमा एक लाख श्लोकहरु भएकाले बुम भनिएको हो ।  ‘बुम’ शब्दको अर्थ लाख भन्ने बुझिन्छ ।

त्यस्तै ‘ह्युम’ को अर्थ माता (आमा) हो, यस ग्रन्थको विषयवस्तु प्रज्ञापारमिता हो । प्रज्ञाको अभ्यास बिना बुद्धत्व प्राप्त नहुने भएकाले हिजोको बुद्ध तथा बोधिसत्वहरुले यसकै अभ्यासबाट ज्ञान प्राप्त गरेका बौद्ध ग्रन्थमा उल्लेख रहेको उनले बताए ।

प्रज्ञा भनेको विवेक हो जुन श्रवणमयी, चिन्तनमयी र भावनामयी गरि तीन प्रकारका हुन्छन् । यसबाट कुशल सदधर्म र अकुशल पाप कर्मलाई पहिचान गर्न सक्ने विवेक प्राप्त हुन्छ । यसको अध्यनबाट सबै प्राणीलाई प्रज्ञाको चक्षु ज्ञान प्राप्त भई तत्कालिन विभिन्न बिघ्नबाधा, महामारी रोग,झैँ-जह्गदा, अनिकाल,अकला मृत्यु जस्ता अशान्तिबाट मुक्त भइ समयाक सम्बुद्धको ज्ञान प्राप्त हुने बौद्ध ग्रन्थमा उल्लेख गरिएको लामाले प्रष्ट्याए ।

पछिल्लो समय बेलायतमा नेपालीहरुको जनसंख्या तीव्र रुपमा बढ्दै गएको छ । विशेषगरी बौद्ध धर्मका अनुयायीहरुले मृत्युपश्चात गर्ने संस्कारमा विविधता देखिएको हुँदा यसलाई एकरुपता ल्याउन धर्म देशना ग्रन्थले महत्वपूर्ण भूमिका खेल्ने भएर कार्यक्रम गरिएको आयोजकको भनाइ छ। वैदिक धर्ममा गरुड पूराणका आधारमा सबै वैदिक अनुयायीहरुले मृत्यु संस्कारलाई एकरुपता दिंदै आए जस्तै बौद्ध धर्ममा पनि एकरुपता दिनुपर्नेमा मूल गुरुको धारणा छ ।

बेलायतमा बसेर नेपालको जस्तो विविध प्रक्रिया पूरा गर्न परिस्थित, परिवेश र समयका कारण सम्भव नहुने हुँदा यहांको परिवेशलाई मध्यनजर गर्दै धर्म ग्रन्थको विधि र पद्धति अनुसार आ-आफ्नो मौलिक संस्कार गर्नुपर्ने लामाले बताए ।

‘अन्तराभव श्रवण महाविमुक्ति’ भनेको कर्मकाण्ड, मृत्यु संस्कार विधि र पद्धतिमा मात्र आधारित नभएर मानवको चित्तको यथार्थ रुपमा परिचित गर्ने एक दर्शन हो, जसले जीवित हुँदा नै ध्यान र समाधिको आधारमा चित्तको पहिचान गर्छ’- लामाले उल्लेख गरे ।

Share the Post:

Recent Posts

Pragyaparamita (Hyumposti)

With the noble intentions of world peace, the salvation of all departed souls (ancestors), and the accumulation of boundless merit, Buddhist Gumba Reading UK has

Read More »

Saga Dawa

In Saga Dawa, Buddhist Gumba Reading UK (BGRUK) successfully hosted a sacred one-day Shindrup Brata at own monastery on Sunday, 17 May 2026. Saga Dawa

Read More »

Related Posts

बुद्धिस्ट गुम्बा रेडिङ यूकेले १८ अगस्टमा धर्मदेशना कार्यक्रम गर्ने, एफएनजे नयाँ कार्यसमितिलाई बधाई ज्ञापन

लन्डन ३१ जुलाई २०२४ । बेलायतमा आगामी १८ अगस्ट २०२४ मा धर्मदेशना कार्यक्रम र अन्तक्रिया हुने भएको छ । बुद्धिस्ट

Read More

Saga Dawa

In Saga Dawa, Buddhist Gumba Reading UK (BGRUK) successfully hosted a sacred one-day Shindrup Brata at own monastery on Sunday,

Read More
Back To Top