सम्पूर्ण म्ही चिबा म्ही थ्हेबाहरुमा छ्याजलो !!
1. लम् खेगी सुरुवात वारे:-
मलाई शुद्ध नेपाली लेख्न आँउदैन कृपाय यहँहरुले मिलाएर हेरिदिनु होला।
मैले बुझेको अनुसार हिजो तमु लम् थरीहरु भित्र पनि लम् खेगीको कार्यभार सुरुमा पैंगीहरुको खेले सम्हाल्नु भएको रहिछ। क्ह्रोँगि लम र म्हिगी लम हरु यस कुरामा सहमत भएको बुझिन्छ भने लम्जुङ र गोर्खा भेग तिराको फिउरो ट्हयी लम् हरु भने तमु लम् थरी भित्र आफुहरु जेठो भएको र लम् खेगीको कार्यभार सुरुवात पनि उहाँहरुकै खेले सम्हाल्नु भएको दाबी गर्नुहुन्छ। मलाई लाग्छ यो एउटा बिचारधिन बिषय हो तर हाम्रो पुरानो पुर्खौं देखि निरन्तर रुपमा बाचन गर्दै आउनुभएको भोट ऊमे लिपीमा उल्लेखित “पैई क्युई र तमु चों क्युई मिश्रण” भाषामा भएको ग्रन्थ छ्योई :-
१) त्हें छ्या चुबै प्ये
२) फैगार सोँबै प्ये
यी दुई ग्रन्थभित्र हिजो लम् खेगी सुरुवात कसले सम्हाल्नु भएको रहिछ भन्ने अनुमान गर्न सकिन्छ।
हजारौ बर्ष देखि नै हामी लम् सँग लिपि (प्र्ही) सुरक्षित रहेको हुनाले यस कुरामा हामी गर्व मान्नु पर्दछ। हामी लम् बाट उच्चारण बिग्रिदै लामा भएको हो। जस्तै:- गोन्पा बाट गुम्बा हुन पुगेको जस्तै हो। पछिल्लो समयमा लामा शब्द धेरै ब्यापक बन्दै गएपछि तमाङ्,शेर्पा, योल्मो, मनाङ्गे, मुस्ताङ्गे टिबिटेन भित्रको लम हरु पनि लामा नै भन्न पुग्यो। झन् अहिले सम्म पनि पुर्वेली गुरुङहरुले के भन्ने गर्दछ भने, पच्यु क्लेब्रीहरुलाई पनि पच्यु लामा, ल्हेब्री लामा भन्ने गर्दछ।
हामी लम् हरुको (प्ये छ्या) ग्रन्थ विधि अन्तरगत:-
१) त्हें छ्योई
२) पय छ्योई
३) ङोमै छ्योई
४) चिँधीं छ्योई (मुदा छ्योई) पर्दछ।
यी ग्रन्थ बिधिहरु तमु लम् हरुको मौलिक र बिशेषता हुन्। हामी सँग उक्त छ्योईहरु सुरक्षित रहेको हुँदा केही समय देखि म आफ्नै बुबा सँग यी पुरातन प्ये हरुको बिषयमा अध्ययन गर्दैछु। मैले धेरै बर्ष अध्ययन र अभ्यास गरेको महायानी बौद्ध दर्शन र बज्रयानी तन्त्र बिधिहरु सँग तमु लम् हरुको अन्तरिक सम्बन्ध केलाऊदै छु। मुल कुरा जसले जब सम्म छ्योईको एउटा एउटा अर्थ खुलाउन सक्दैन तब सम्म हामीलाई धेरै कुराहरु अन्योलमै रहेको हुन्छ। हाम्रो पुरातन प्ये छ्या (ग्रन्थ विधि) बुझ्नको लागि भोट भाषा र चों भाषा राम्रो बुझ्नु पर्दो रहिछ। मैले हाल अनुसन्धान गरिरेको मेरो पुर्खाहरुको छ्योई र मेरो बुबाले तमु चों भाषामा बाचन गर्नुभएको थोरै अंश यहँहरु समक्षा राख्दै बाँकी आर्को पटक………
यहँहरुको जिज्ञास, सल्लह सुझापहरु भएमा रखिदिनु होला।
धन्यबाद।
शिर लम
(17 August 2020)
तमु चों भाषामा बाचन:-
2. थासोँ को अर्थ र कहिले र किन:-
यहँले थासोँ को अर्थ र कहिले र किन गरिन्छ बिषय जिज्ञास राख्नु भएको हुँदा यस बिषयमा मैले बुझेको आधारमा भन्नु पर्द हिजोको तो ताँ स्योँ ताँ अनुसार:-
थागु-मोंगु पच्यु ल।
सोँगु- मोँगु ल्हेब्री ल।
छैखु ह्योखु लम ल।
खेगीहरुको यसरी मोटामोटी कार्य बिभाजन गरिएको अनुसार थासोँ वाबा त्हेँ ल्हेब्रीहरुले मात्र गरिन्छ भन्ने बुझाई पनि रहेको पाईन्छ। था-भन्नले दोष,अशुद्ध, फोहोर मैला ईत्यादी लाई बुझिन्छ भने सोँ- भन्नाले सफा गर्नु, शुद्ध गर्नु, चोख्याउनु, शान्ति गर्नु भन्ने अर्थ लाग्दछ। थासों त्हें ल्हेब्रीहरुको प्ये अनुसार र लम खेगीहरुले आफ्नै प्ये अनुसार गरिन्छ। थासोँ त्हेँ शुभ कार्य र पितृकार्जे दुबैमा गरिन्छ। धेरै जसो गुरुङ गाँउहरुमा कार्तिक र चैत्र गरि प्रतेक ६/६ महिनामा ल्हेब्रीहरु बाट थासोँ त्हें गरि स्वास्ति शान्ति गरिने चलन रहिआएको पाईन्छ। विशेष गरि मृतकलाई सेलाए पछि र पितृकार्जे सकेपछि थासोँ फालेर स्वस्ति शान्ति गरिन्छ।
हामी लम् हरुबाट गरिने “थासोँ छ्योई” ल्हेब्री सँग मिल्दैन हाम्रो थासोँ छ्योई गुरु पद्म संभवा बिरचित तोबुम् छ्योई अन्तरगत पर्दछ। कैदु १२ ल्हो र ग्याल्क्षेन श्यी- चार द्वारपालहरुको आकार बनाई प्ये बाचन गरिन्छ। चीधिँ अनुसार दिशा हेरि कुन दिशामा ङ्येबा छ त्यसै दिशा तिरा सेलाउछ। उहिलेको चलन अनुसार तीन दोबाटोमा राखिन्छ भने आजकल बजारमा दोबाटोमा राख्न त्यति संभव नभएकोले ङ्येवा दिशा लाई प्राथमिक्त दिईन्छ। मैले यहाँ सामग्रीहरु र तरिकाहरु सबै रखिएको छैन। यसमा भएको कमी कम्जोडी हरुलाई चोग चिबाहरुले सच्चाईदिनु होला।
धन्यबाद।
शिर लम
(19 August 2020)
3. लामा बौद्ध धर्म बिधि अनुसार गरिने जन्म-मृत्यु संस्कार बिषय छोटकारीमा चर्चा
प्रस्तोता:- खेन्पो शिर लामा गुरुङ
नमो गुरु बुद्ध धर्म संघाय!!!
शान्तिका अग्रनायक भगवान बुद्धद्वारा प्रतिपादित उपदेशहरु प्रतित्यसमुत्पादको शिद्धान्तमा आधारित बिनयजनहरुको मति, क्षमता, समय, परिवेश र परिस्थिति अनुसार फरक फरक भाषा र शैलीमा उल्लेखित भएतापनि बर्तमान परिप्रेक्ष्यमा बुद्ध वचन शुत्र-तन्त्र तथा बौद्ध शास्त्रहरु पुर्णरुपमा उपलब्ध भएको भोट भाषा र लिपिमा मात्र पाईन्छ ।
भोट भाषा लिपि बिषय छोटो जानकारी :-
सातौं सताब्दिमा भोटका राजा स्रोङ्चन गम्पोको पालामा आफ्नै देशको भाषा मिल्दो लिपि आवश्यकताको महशुस गर्नुभई लिपि अध्ययनको लागि थुन्मी संभोटाको नेतृत्वमा राम्रो दिमाग भएको एक समूह जम्मा पारि सम्पूर्ण खर्चपानीको प्रबन्ध मिलाई भारत तर्फ पठाउनु भएको थियो । जस मध्ये थुन्मी संम्भोटा बाहेक अन्य सबै जनाको बातावरण प्रतिकूलका कारण बाटोमै मृत्यु भएको थियो । थुन्मी संभोटा भारतको नालन्द बौद्ध बिश्वबिद्यालयमा पुग्नु भई संस्कृत भाषा व्याकरण तथा बौद्ध दर्शन सम्बन्धि निरन्तर सात बर्ष अध्यान गरि स-कुशलका साथ स्वदेश फर्किनु भई भोट भाषा सँग मिल्दो लिपि बनाउनु भएको थियो जसलाई आजकल संभोट लिपि भनिन्छ ।
जसरी संस्कृत भाषा ३६० वटा भाषाहरुको माउ भाषा भए जस्तै भोट भाषा पनि हिमाली क्षेत्रमा बसोबास गर्ने तिब्बतेन, शेर्पा, तामाङ, मनाङ, डोल्पा, मुस्ताङ, थकाली, नुब्री, चुम, मुगु, गुरुङ ईत्यादी भाषाहरुको माउ भाषा हुन् । यी समुदायका सम्पुर्ण लामा गुरुहरुले परम्परागत रुपमा भोट भाषा लिपिमा उल्लेखित बौद्ध धर्म ग्रन्थ बाचन गर्दै आईरहेका छन् ।
हिमाली क्षेत्रमा लामा बौद्ध परम्परा :-
बौद्ध धर्मको सुरुवात सातौं सताब्दीमा तिब्बत भोटका राजा स्रोङ्चन गम्पोले नेपालका राजा अंशुबर्माकी छोरी भृकुटीलाई विवाह गर्नुभए पश्चात् बौद्ध धर्मको प्रभाव र सुरुवात भएको देखिन्छ । बिस्तृतरुपमा भने आठौं सताब्दीमा तिब्बत भोटका राजा ठिस्रोङ् देउचनका पालामा बौद्ध धर्म प्रबचनका लागि नालन्द बौद्ध बिश्वबिद्यालयका आचार्य शान्तरक्षिता लाई निमन्त्रणा गर्नुभई धर्म देशना गर्नु भएता पनि प्राकृतिक बलि पुजा संस्कार गरिआएको कारण देशबासीहरुमा कुनै पनि प्रभावकारी हुन नसकेपछि विशाल बौद्ध गुम्बा निर्माण गर्ने निर्णय गर्नुभएको थियो ।
उक्त गुम्बाको नाम थियो “सम्ये गुम्बा” गुम्बा निर्माण गर्दै जाँदा धेरै प्रकारको बिध्नबाधाहरु सृजना हुन थाल्यो । दिउसो श्रद्धालु भक्तहरु सबैजना मिलेर गुम्बा निर्माण गर्ने काम गरिन्थ्यो भने राति धर्म बिरोधीहरुको समुहले गुम्बा भत्काउन थालेपछि निर्माण कार्यले गति लिन नसक्दा आचार्य गुरु शान्तरक्षिताले राजा ठिस्रोङ देउचनलाई अत्याधिक शत्तिशाली महागुरु पद्मसंभव (गुरु रिन्पोछे) लाई निमन्त्रणा गर्न सकेमा गुम्बा निर्माण कार्य सम्पन्न भई बौद्ध शासनको बिस्तार हुने सल्लाह दिनु भयो । आचार्य गुरुको सल्लाह बमोजिम महागुरु पद्मसंभव (गुरु रिन्पोछे) लाई तिब्बतमा निमन्त्रणा गर्नुभए पश्चात् गुरु रिन्पोछेले तिब्बतको परिस्थिति र परिवेश सुहाउँदो प्रकारले बौद्ध धर्मको बिस्तार गर्नुभएको थियो।
संस्कृत, नेपाली भाषाको “गुरु” शब्द र भोट भाषाको “लामा” शब्दको अर्थ एकै हुन् । धार्मिक शिद्धान्त अनुसार “गुरु” शब्दलाई फरक फरक तवरले ब्याख्य गरिन्छ ।
बौद्ध पुजा ग्रन्थ बिधिहरु बिषय छोटो जानकारी :-
लामा गुरुहरुले बाचन गरिने प्रत्येक पुजा ग्रन्थ बिधिहरु बौद्ध दर्शनमा आधारित छन् । जस्तै : (क्याब्डो) – त्रिरत्न शरण गमन, (सेमक्ये) – बोधिचित्त उत्पाद, (यान्लग दुन्पा) – सप्तांग विधि, (ङोवा) – बोधिपरिणामना ईत्यादि । विभिन्न ईष्टदेवको साधना बिधि र गुरु परम्परा अनुसार मण्डला (जग्गे) सजावट, तोर्माहरुको बनावट आकार, बाजा बजाउने ताल, बाचन गर्ने लय शैलीहरु फरक फरक भएतापनि मुल तत्व बिधि एकै हुन्छन् । लामा गुरुहरुद्वारा गरिने कुनै पनि पुजा बिधिहरु तीन प्रकारका हुन्छन् :-
१) ग्येपा :- व्यापक बिधि
२) डिङ्पा :- मध्यम बिधि
३) दुईस्पा :- छोटकारी बिधि ।
समय, परिवेश र परिस्थितिको अनुकुलता हेरि यी तीन प्रकारको बिधिहरुलाई प्रयोग गरिन्छ ।
बौद्ध ज्योतिष बिषय जानकारी :-
आर्यमञ्जुश्रीले चीनको पञ्च श्रेष्ठ पर्वत (ग्यानग् रिवो चेङा) मा प्रतिपादन गर्नुभएको तत्व ज्योतिष नै बौद्ध ज्योतिष हुन् । बौद्ध ज्योतिष मुख्य गरि दुई प्रकारका हुन्छन् :-
१) कर्ची
२) नाग्ची ।
बार, नक्षेत्र, तिथि, घडी ईत्यादि शुभ अशुभ हेरिने पद्धति कर्ची अन्तरगत पर्दछ भने बाह्र वटा बर्ग, नौ मेवा, आठ पार्ख, पाँच तत्वहरुको आधारमा दशा ग्रहहरु हेरिने पद्धति नाग्ची अन्तरगत पर्दछ । नाग्ची अन्तरगत – क्येची, केग्ची, बाग्ची, शिन्ची ईत्यादि पर्दछ । जन्म अबस्थाको बार, घडी र नक्षेत्रहरुको आधारमा कुन्डली, चिनो ईत्यादि बनाउने तथा हेरिने पद्धति लाई क्येची भनिन्छ । प्राण, स्वास्थ्य, सह, भाग्य, सातो ईत्यादि दशा ग्रहहरुको गति हेरिने पद्धतिलाई केग्ची भनिन्छ । विवाह सम्बन्धि हेरिने पद्धतिलाई बाग्ची भनिन्छ । मृत्यु पश्चात् शुभ अशुभ हेरिने पद्धतिलाई शिन्ची भनिन्छ ।
सम्पुर्ण लामा बौद्ध धर्मावलम्वीहरुले जन्म देखि मृत्यु सम्मका सम्पूर्ण पुजा बिधि तथा संस्कारहरु अनिवार्य रुपमा बौद्ध ज्योतिष अनुसार गराएमा मात्र बिधि र संस्कारहरु एक रुपतामा ल्याउन सकिन्छ ।
4. जन्म बिधि र संस्कार :-
बौद्ध (ची) ज्योतिष अनुसार नानी जन्मेपछि बर्ग, बार र घडी राम्रो सँग ख्याल गर्नु पर्दछ । शुभ बार र नक्षेत्रको (श कर) संयोग हेरी एक जना लामा गुरु बाट बज्र सत्व (दोर्जे सेम्पा) अथवा बज्र बिशुद्धया (दोर्जे नमज्योम) बिधि अनुसार कलश जल साधना गरि आमा र नानी दुबैलाई (ठुई) स्नान गरि (डिब साङ्) आवरण शुद्धिकरण गरिदिनु का साथै (टाफुई) चोखो कपाल सानो काटेर त्रिरत्नलाई अर्पण गरि आर्य मञ्जुश्रीको मन्त्र बाचन गरि कानमा सुनाईदिनु पर्दछ । बार र नक्षेत्रको आधारमा नामाकरण गरि बौद्ध ज्योतिष अनुसार जन्म कुण्डली (क्येची) बनाईदिनु पर्दछ ।
पुजा सामग्री:-
१) चोखो पानी र बाटप
२) सिउरी धुप (साङ्) धुपाउरो
३) अक्षेता चामल
४) एउटा बत्ति
५) थोरै फलफुल ईत्यादि ।
5. भात खुलाउने (अन्न प्रशन्न) बिधि संस्कार :-
बर्गले नभेट्ने महिना, शुभ बार र नक्षेत्रको साहित जुराई, पार्ख अनुसारको दिशातिर मुख फर्काई एक जना लामा गुरुबाट त्रिरत्नास्मृति सूत्र (कोन्छ्योग ज्येडेन) बाचन गरि शगुण बर्ग परेको ब्यक्तिको हात बाट खुलाईदिनु पर्दछ ।
6. कपाल काट्ने बिधि संस्कार :-
बौद्ध ज्योतिष अनुसार दुई बर्ष पुरा भई तीन बर्षमा प्रबेश भएपछि शगुण बर्ग पर्दछ । शगुण बर्ग परेको बेला एक शुभ दिन, बार जुराई एकजना लामा गुरुबाट आयु सूत्र बाचन गरि (छेरिङ टप्चे) पार्ख अनुसारको शुभ दिशा तर्फ मुख फर्काई शगुण बर्ग परेको ब्यक्तिको हात बाट कपाल काटिदिनु पर्दछ । संस्कार जात र क्षेत्र अनुसार फरक फरक देखिन्छ ।
7. विवाह बिधि संस्कार :-
बौद्ध बग्ची ज्योतिष अनुसार बर्ग, खाम, मेवा, पार्ख, आयु, स्वास्थ्य, सह, भाग्य, सातो ईत्यादि मेल अमेल हेरि एक शुभ दिन मुहुर्तमा मग्नी अथवा विवाह कार्य सम्पन्न गरिन्छ । उक्त दिन लामा गुरुबाट अष्ठ मंगल पाठ, आयु सूत्र बाचन तथा (बाग्छ्योग) विवाह बिधि बाचन गरि विवाह कार्य सम्पन्न गरिन्छ। यस बिधि व्यापक, मध्यम र छोटकरी गरि तीन प्रकारका छन् । बिभिन्न जातजाति र परिबेश अनुसार फरक फरक संस्कार शैलीमा देखिन्छ ।
8. गृह प्रबेश बिधि :-
बौद्ध ज्योतिष अनुसार शुभ दिन, बार, घडी र नक्षेत्रको संयोग हेरि गृह प्रबेश गरिन्छ । उक्त दिन लामा गुरुहरुबाट (साङ्) शुद्धिकरण पुजा गरि घरको प्राण प्रतिष्ठा गरिन्छ ।
पुजा सामग्री:
१) आगो बाल्ने दाउरा अवस्था अनुसार
२) साङ् सिउरी धुप, तिते पाथी, धुपीको पात
३) आधा लिटर दुध, एक बोतल रक्सी
४) अक्षेता चामल तीन देखि पाँच किलो सम्म
५) चोखो पानी, प्रसाद ईत्यादि ।
9. विभिन्न स्वास्ति शान्ति पुजाहरु :-
बर्ग चलेको बर्षमा ग्रह शान्ति गरिनु पर्दछ । अन्य आफ्नो ग्रह गति अनुसारको विविध स्वास्ति शान्ति । बर्गले ६१औं बर्षमा प्रबेश भएपछि प्रज्ञापारमिता शुत्रहरु बाचन, जीवन दान (छेथर) गरि शान्ति गर्नु। ८४ औं पुजा बर्ग ८३ बर्षमा प्रबेश भएपछि शुभबार, नक्षेत्र र घडीको संयोग अनुकुल पारी पुजा सम्पन्न गराउनु पर्दछ ।
10. मृत्यु संस्कार बिधि :-
जन्म पश्चात् मृत्यु सत्य छ तर कुन उमेरमा? कुन ठाँउमा? कस्तो प्रकारले मृत्यु हुन्छ भन्ने निश्चित हुँदैन । पञ्च तत्वले बनेको भौतिक शरीर मृत्यु पश्चात् क्रमश बाहिरी पञ्च तत्वमा बिलिन भएर जान्छ । लामा बौद्ध गुरुहरु द्वारा गरिने मृत्यु संस्कार बिधिहरु ईष्ट देवको साधना बिधि, गुरु परम्परा र जातिय संस्कार अनुसार मण्डला (जग्गे) सजावट, तोर्माको बनावट आकार, बाजा बजाउने ताल, बिधि बाचनको लय भाकाहरु फरक फरक भएता पनि (भर्दो थ्योईडल) “अन्तराभव श्रावण महाविमुक्ति” नै
मुल आधारभुत ग्रन्थ भएको हुँदा बिधि पद्धति भने सबैको एकै प्रकारको हुन आउँछ । लामा बिधि अनुसार मानिसको मृत्यु हुन एकदमै गारो भईरहेको छ भने एक जना दक्षा गुरुबाट (दोर्जे च्योद्पा) बज्रछेद् ग्रन्थ बाचन सुनाउनु लाभदायक हुनेछ । त्यसपछि अवस्था अनुसार (ताग्डोल, थ्योईडोल) संकेत विमुक्ति, श्रावण विमुक्ति ग्रन्थहरु क्रमश: बाचन / सुनाउन सकेमा अत्यन्तै लाभदायक हुनेछ। मृत्यु हुनासाथ जसरी नानी जन्म हुँदा कुन समय र बारमा जन्मियो भन्ने आधारमा जन्म कुण्डली बनाईन्छ त्यसरी नै कुन घडीमा मृत्यु भयो भन्ने बिषय बौद्ध शिन्ची ज्योतिष अनुसार अत्यन्तै महत्वपुर्ण हुन्छ ।
मृत्यु पश्चात् गरिने बिधिहरु:-
क) फोवा
ख) अन्त्येस्टी
ग) श्यागसुम (भोजन दान)
घ) घेवा (मुल कार्जे)
ङ) दुन्छिग् (साप्ताहिक) पुजा
क) फोवा:- सार्नु (संक्रान्ति) फोवा धेरै प्रकारको भएता पनि यस अवस्थामा एक दक्ष गुरुले मृतकको बिज्ञान (हंस) लाई ब्रम्हनाडीको माध्यम बाट बाहिरा निकाली सुखावतिमा लिन गराउने पद्धतिलाई फोवा भनिन्छ ।
ख) अन्त्येस्टी:- फोवा भईसकेपछि बौद्ध शिन्ची (ज्योतिष) अनुसार शुभ अशुभ हेराई अन्त्येस्टी र अन्य संस्कारहरु गरिने दिन र घडी निर्धारण गरिन्छ । मृत्यु भएको २४ घण्टा भित्र फोवा गराउनु पर्दछ। बौद्ध शिन्ची अनुसार दुर परेको दिनमा मृतकको अन्त्येस्टी गर्न मिल्दैन, दुर एक महिनामा तीन पटक पर्दछ । मृतकको अन्त्येस्टी गरिने विधि संस्कार विभिन्न ठाँउ अनुसार फरक भएतापनि हिजो आज दाहसंस्कार गरि अन्त्येस्टी गर्ने व्यापक भएको हुँदा लामा बौद्ध बिधि अनुसार दाहसंस्कार गर्दा (रोशेग्) अग्नी हवन पुजा गरिन्छ । अग्नी हवन पुजा बिधि व्यापक, मध्यम र छोटकरी गरि तीन प्रकारको बिधिहरु छन् ।
पुजा सामग्री:-
१) सेतो कपडा तीन मिटर
२) अक्षेता चामल लगभग तीन किलो
३) वर पीपलको काठ नभएमा स्याउको काठ एक मुठी
४) घ्यु एक किलो, खाने तेल दुई लिटर
५) दुबो घाँस एक थाल
६) कुश अमृसा एक मुठ्ठी
७) अन्नहरु : धान, गँहू, जौ, सेतो तिल, केराउ, सरस्यु एक एक पाउ, धेरै चढाएमा एक एक किलो
८) तोर्मा बनाउने पिठो दुई किलो
९) पाँच रँङ्को कपडा टुक्रा एक थाल
१०) सुपारी र जडिबुटीको परिकार थोरै
११) चोखो पानी
१२) प्लास्टीकको प्लेट अथवा थाल १५ वटा
ग) श्यागसुम:- मृत्यु भएको तीन दिन तिर रात पश्चात् श्यगसुम पुजा गरिन्छ । उक्त दिन मृतकको अचेत बिज्ञान जाग्ने भएको हुँदा भर्दो देशना सुनाई मृतकलाई (सुर श्हेङो) भोजन दान गराईन्छ ।
घ) गेवा (मुल कार्जे) :- भर्दो थ्योईडल अनुसार मृतकको (दुन्छिग्) साप्तहिक तिथि अनुकूल पारि समय, परिवेश र परिस्थिती अनुसार व्यापक, मध्यम अथवा छोटकरी विधि बाट सम्पन्न गरिन्छ ।
ङ) दुन्छिग् (सप्तहिक) पुजा:- भर्दो थ्योईडल अनुसार जुन बारमा मृत्यु हुनुभयो सात हप्ता सम्म सोही बार मृतकको दुन्छिग् साप्ताहिक तिथि पर्ने भएको हुँदा उक्त दुन्छिगका दिनहरुमा मृतकलाई असाध्यै दु:ख पीडा हुने भएकोले मृतकको लागि पुजा पाठ गरि पुण्य संचय गरेमा अत्यन्तै लाभदायक हुनेछ । साप्ताहिक तिथि जुन बारमा मृत्यु भयो सोहिबार उसको दुन्छिग पर्दछ जस्तै:- आईतबार बितेको मृतकको तिथि आईतबार नै कायम गरिन्छ । सात वटै आईतबार उसको दुन्छिग तिथि पर्ने भएको हुँदा कार्जे गर्दा अनिवार्य दुन्छिग तिथि अनुकुल पारेर गर्नु पर्दछ ।
लामा बौद्ध बिधि अनुसार पितृकार्जे विभिन्न जातीय र क्षेत्रिय संस्कारलाई समाबेश गरि फरक फरक शैलीमा गरेको पाईन्छ । लामा बौद्ध ग्रन्थमा पितृकार्जे गर्दा क्रिया बस्ने, नुन तेल बार्ने, कपाल काट्ने, जुठो बोक्ने ईत्यादि कतै उल्लेख भएको पाँईदैन । बौद्ध मार्गीहरुले क्रिया बस्नुको सट्टामा सके सात साता सम्म नसके पनि तीन साता सम्म पञ्चशीलको नियम पालना गरि मृतकको लागि पुण्य संचय गरेमा अपार पुण्यलाभ हुनेछ ।
भावतू सर्ब मंगलम् ।
11. आर्य र पण्डित शब्द
आर्य र पण्डित शब्द बौद्ध र बैद्धिक दुबैले प्रयोग गर्ने शब्द हुन्। अ-आफ्नो दर्शन र शिद्धान्त अनुसार ब्याख्य गर्ने तरिका भने केही फरक रहेको पाईन्छ। विशेष गरि जनमानसमा आर्य र पण्डित भन्ने शब्द सुन्ना साथ बाहुन क्षेत्री र हिन्दु नै हुन् भन्ने संकुचित मानसिकता बाट माथी उठ्नु पर्दछ।
आर्य:- भन्नाले बौद्ध शिद्धान्त अनुसार संसारको कुनै पनि बस्तुको वास्तविकता लाई शुन्यताकै यथार्तमा पहिचान गर्न सकिने र प्रज्ञा चाक्षु प्राप्त भएको ब्यक्ति मात्र आर्य हुन्छन्। दु:ख र दु:खको कारणलाई पहिचान गर्न सक्ने, सुखा र सुखाको कारणलाई पहिचान गर्न सक्ने जस्ता धेरै प्रकारको बिषेशताहरु आर्यजनहरुमा हुने गुणहरु हुन्। त्यसैले आर्य भनेको वास्तविक ज्ञानको यथार्त अनुभव हो। जुन ज्ञान र गुण सम्पन्न भयो भने कुनै पनि जात, थर, गोत्र, लिङ्ग र समुदयको ब्यक्ति पनि आर्य हुन सक्छन्।
पण्डित :- भारतबर्षको नालान्द बौद्ध बिश्वविद्यालयको ईतिहाँस हेर्द पञ्च बिद्यामा निपुणता प्राप्त बिद्वानहरुलाई प्रदान गरिने उच्च उपाधिको रुपमा बुझिन्छ।
१) दर्शन बिद्या
२) प्रमाण बिद्या
३) शब्द बिद्या
४) शिल्प बिद्या
५) चिकित्स बिद्या
यी पञ्च बिद्यामा निपुणता प्राप्त ब्यक्ति कुनै जात, थर, गोत्र, लिङ्ग र समुदय बिशेषको नभई पण्डित हुने मापदण्ड पूरा भयो जने जो कोहि पनि पण्डित हुन सक्छन्। त्यसैले आर्य र पण्डित शब्दको अर्थ ब्रामण जाती र हिन्दु धर्म सँग मात्र जोड्नु हुँदैन।
भावतू सर्ब मंगलम्।
खेन्पो शिर लामा,
06/10/2020
12. ལྷ་བབས་དུས་ཆེན། (ल्हाबब दुईछेन्) देव आवतरण (The Buddha’s Descent from the Heavenly Realms):-

The Buddha ascended to the heavenly realms at the age of 41, seven years after attaining enlightenment.One week after the birth of Prince Siddhartha, Queen Mayadevi passed away and was reborn in heaven. Using his divine eye, the Buddha saw that his mother had reincarnated among Brahma, Indra, and countless other deities in heavenly realms and decided to give religious discourses in the Ananda Dev Udhyan to attain enlightenment.
Upon ascending, the Buddha took many qualified monks with him to the heavenly realms, where he remained for only three months.After his ascent, two of the Buddha’s devotees, King Bimbisara and King Prasenajit, travelled to Shrawosti. They inquired about the Buddha’s whereabouts from the son of Arya Maudgaly, who was the son of the current Gumba leader. The son replied that the Buddha had ascended to heavenly realms.
Upon hearing this news, the kings asked Arya Maudgaly’s son to request that the Buddha descend back to earth soon. Immediately, the son conveyed the kings’ message to the Buddha. The Buddha replied that he would descend to Apjari Udhyan in Kasinagar in seven days time.
Hearing this news, the residents of Kasinagar decorated their gardens with precious gold, offerings, and flowers. They also performed many pujas in preparation for the Buddha’s descent.In contrast, the gods and goddesses who resided in the heavens were saddened by the knowledge of the Buddha’s imminent departure. Knowing this, the Buddha calmly comforted them, explaining through his sermons that he had to return to earth to continue his teaching.
Indra, upon hearing the news, ordered Bishwakarma (the architect of the gods) to construct a special ladder for the Buddha’s descent. Bishwakarma completed three ladders within seven days: one decorated with rare gems for the Buddha, one decorated with gold for Brahma, and one decorated with silver for Indra.
When the Buddha finally descended from the heavens back to earth, he was showered with flowers, colourful lights, incense, and sandalwood by all the gods and goddesses. Meanwhile, the Kings and residents of Nagar welcomed him with musical melodies and prayers.
To mark and remember this day, the Kings and people on earth built a stupa named “देवलोकावतरण स्तूप” (Devlokavataran Stupa). From that day forward, Buddhists celebrated this event annually.
It is believed that during this auspicious day, those who donate money, perform pujas, and practice fasting can obtain twice as many merits for their next life—a principle mentioned by the Buddha himself.
By Khenrinpoche Shirlama Guru





