Skip to content

बुद्धिष्ट गुम्बा रेडिङ्गकी महिलाहरु ‘रेस फर लाईफ’ मा सहभागिता

बुद्धिष्ट गुम्बा रेडिङ्गकी महिला तथा दिदीबहिनीहरुले क्यान्सर रिसर्च यूकेको सहयोगार्थ ५ के रेस फर लाईफ दौडमा भाग लिएकी छन् ।

गत आइतबार १४ जुलाईका दिन रेडिङ्गस्थित प्रोस्पेक्ट पार्कमा सम्पन्न ५ के दौडमा बुद्धिष्ट गुम्बा रेडिङ्गकी ४७ जना महिलाहरु सहभागी थिए । बिहान ११ बजे सुरू भएको दौडमा सहभागी महिलाहरुलाई हौसला दिन बुद्धिष्ट गुम्बा रेडिङका अध्यक्ष ई खेमबहादुर गुरुङ, उपाध्यक्ष नरबहादुर गुरुङ, महासचिव कमल गुरुङ लगायत थुप्रै रेडिङको बाबाआमाहरुले साथ दिए । क्यान्सरविरुद्ध लड्न सहभागी भएको दौडमा बुद्धिष्ट गुम्बा रेडिङको तर्फबाट संयोजक राजकुमारी गुरुङ, अध्यक्ष ई खेमबहादुर गुरुङ, उपाअध्यक्ष नरबहादुर गुरुङ, महासचिव कमल गुरुङबाट ९१७ पाउन्ड ५१ पेन्सको चेक क्यान्सर रिसर्च यूकेको प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।

बुद्धिष्ट गुम्बा रेडिङ्गकी राजकुमारी गुरुङले संयोजन गरेको दौडमा मिनकुमारी गुरुङले खानाको प्रबन्ध मिलाएकी थिइन् ।

Share the Post:

Recent Posts

Pragyaparamita (Hyumposti)

With the noble intentions of world peace, the salvation of all departed souls (ancestors), and the accumulation of boundless merit, Buddhist Gumba Reading UK has

Read More »

Related Posts

बुद्धिस्ट गुम्बा रेडिङ युकेको तर्फबाट १० लाख ९५ हजार दान सहयोग

लण्डन असार ३१ । बुद्धिस्ट गुम्बा रेडिङ् युकेले २५६५ औं बुद्ध जयन्तीको अवसरमा नेपालका बिभन्न गुम्बाहरुलाई आर्थिक सहयोग गरेको छ

Read More
Back To Top