Skip to content

Notice

!! वुध्दिष्ट गुम्वा रेडिंग यू.के.को जरुरी सूचना !!

***********************************

यहि, 17 November 2018 शुक्ल दशमी तिथिको दिन पालयुल परम्परा का 12 औं गद्दिधार परम पुज्यनिय क्याब्जे कर्मा कुछेन रिम्पोछे ज्यूबाट रेडिंगमा हुँन गईरेहेको Zambhala Empowerment Puja (कुवेर वा सहको पूजा) मा हार्दिक निमन्त्रणा सहित यो सूचना गर्न चाहान्छौं कि , हालसम्म वुध्दिष्ट गुम्वा रेडिंग यू.के.लाई £१००० वा त्यस भन्दा बढी रकम दिएर संस्थापक सदस्य (Founder Member) भै पूर्ण रुपमा रकम भुक्तानी गरीसक्नु भएका र सो दिनसम्ममा पूर्ण रुपमा भुक्तानी गरि संस्थापक सद्स्य (founder member) वन्ने महानुभावहरुलाइ परम पुज्यनिय क्याव्जे कर्म कुछेन रिन्पोछेको पवित्र बाहुलीबाट खादा र प्रमाण-पत्र सहित सन्मान गरिने कार्यक्रम रहेको व्यहोरा सहर्ष जानकारी गराउंदछौं ।

उक्त महत्वपूर्ण दिनको सुअवसरको सदुपयोग गर्नको लागी हालसम्म यस BUDDHIST GUMBA READING UK मा FOUNDER MEMBER बनि रकम बोलि सक्नु भएका महानुभावहरुले आफुले कबुलेको रकम भुक्तानी दिइ महत्वपूर्ण मौकाको फाइदा लिनुहुन अनरोध गर्नुका साथै यदि कुनै महानुभावहरुले पूर्ण भुक्तानी सहित पूजाको दिनसम्म FOUNDER MEMBER भएमा वहाँहरुलाई पनि गुरुको वाहुलीवाट आशिरवाद सहितको खादा र प्रमाण-पत्र ग्रहण गर्ने अवसर मिल्ने कुरा पनि जानकारी गराउँदछौं ।

संस्थापक सद्स्यको पूर्ण रकम भुक्तानी दिइसक्नु भएका महानुभावहरुले यथासक्य चांडो आफ्नो उपस्थितीको जानकारी कार्यसमितिका सदस्यहरुलाइ दिइ सहयोग गरीदिनु हुन पनि विनम्र अनुरोध गर्दछौं ।

पूजास्थान:
John Madejski Academy
125 Hartland Road
Reading
RG2 8AP

समय: 10:00-17:00 वजे


प्रार्थी,

कमल गुरूङ
महासचिव,.
बुद्दिष्ट गुम्बा रेडिङ, यूके

Share the Post:

Recent Posts

Pragyaparamita (Hyumposti)

With the noble intentions of world peace, the salvation of all departed souls (ancestors), and the accumulation of boundless merit, Buddhist Gumba Reading UK has

Read More »

Saga Dawa

In Saga Dawa, Buddhist Gumba Reading UK (BGRUK) successfully hosted a sacred one-day Shindrup Brata at own monastery on Sunday, 17 May 2026. Saga Dawa

Read More »

Related Posts

बुद्धिष्ट गुम्बा रेडिङ्गले विविध कार्यक्रमसाथ बुद्ध जयन्ती मनायो

रेडिङ । बुद्धिष्ट गुम्बा रेडिङ्गले विविध कार्यक्रमका वैशाख पूर्णिमा, शान्तिका अग्रदूत भगवान बुद्धको २५६३ औं बुद्ध जयन्ती मनाएको छ ।

Read More

बुद्धिस्ट गुम्बा रेडिङ यूकेले १८ अगस्टमा धर्मदेशना कार्यक्रम गर्ने, एफएनजे नयाँ कार्यसमितिलाई बधाई ज्ञापन

लन्डन ३१ जुलाई २०२४ । बेलायतमा आगामी १८ अगस्ट २०२४ मा धर्मदेशना कार्यक्रम र अन्तक्रिया हुने भएको छ । बुद्धिस्ट

Read More
Back To Top