Skip to content

17 Novemebr मा बुद्धिष्ट गुम्बा रेडिङले शीरलामाको प्रवचनसहित बृहतअन्तर्क्रिया गर्ने

बुद्धिष्ट गुम्बा रेडिङ्गले खेम्पो शीरलामा गुरुङको प्रवचनसहित एक विशेष अन्तरकृया कार्यक्रमको आयोजना गर्ने भएको छ । गत शनिबार २ नोभेम्बर दिउँसो अल्डरसटस्थित एम्पायर हलमा आयोजित पत्रकारमा गुम्बा रेडिङले उक्त जानकारी गराएको हो । बुद्धिष्ट गुम्बा रेडिङ्गले आउँदो १७ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा अन्तर्क्रियासहित प्रवचन कार्यक्रम गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा बौद्ध दर्शनमा विद्यावारिधी गरेका खेन्पो लामा गुरुङले बौद्ध धर्म विधिमा आधारित जन्म, मृत्यु र संस्कारलाई एकरुपता ल्याउने प्रयासअनुरुप प्रवचनसहित बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

सो अवसरमा रेडिङ्ग गुम्बाका महासचिव कमल गुरुङले कार्यक्रमको तयारी पूरा भएको, नि:शुल्क प्रवेशको व्यवस्था गरिएको र बेलायतमा रहेका विभिन्न संघसंस्थाहरुलाई निमन्त्रणा गरिएको जानकारी दिँदै बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरे । पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासालाई खेन्पो लामागुरु लगायत बुद्धिष्ट गुम्बा रेडिङ्गका पदाधिकारीहरुले मेटाउने प्रयास गरेका थिए ।

त्यस दिन गुरुङ लामा बौद्धिष्ट एशोसिएसनका अध्यक्षसमेत रहेका खेन्पो लामाले बिहान महाकाल पूजा गर्ने छन् भने दिउँसो बृहत् अन्तर्क्रिया कार्यक्रम हुनेछ । नेपालमा जन्म तथा मृत्युमा के कस्तो संस्कार छ भन्ने बारेमा समेत अन्तत्र्रिmयामा अझ स्पष्ट हुने उनको भनाइ थियो । पत्रकार सम्मेलनमा बुद्धिष्ट गुम्बा रेडिङ्गका अध्यक्ष ई. खेमबहादुर गुरुङ लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थितिरहेको थियो ।

 

Share the Post:

Recent Posts

Pragyaparamita (Hyumposti)

With the noble intentions of world peace, the salvation of all departed souls (ancestors), and the accumulation of boundless merit, Buddhist Gumba Reading UK has

Read More »

Related Posts

बुद्धिष्ट गुम्बा रेडिङको आयोजनामा धर्म देशना भब्य रुपमा सम्पन्न

बुद्धिष्ट गुम्बा रेडिङ यूकेको आयोजनामा अगष्ट १८ तारिख ‘बर्दो थ्योडोल छेन्मो’ अर्थात ‘अन्तराभव श्रवण महाविमुक्ति’ धर्म देशना कार्यक्रम सम्पन्न भएको

Read More
Back To Top