Skip to content

बौध्द गुम्बा निर्माणको सहयोग जुटाउन गायिका आनी बेलायत आउँदै

बेलायतको रेडिङमा एक बौद्ध गुम्बा निर्माणको लक्ष्यसहित आउँदो ७ जुलाईमा एक च्यारिटी डिनर आयोजना हुने भएको छ । रीडीङको रिभरमेड लिजर सेन्टरमा हुने उक्त कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङले विशेष सांगीतिक प्रस्तुति दिने भएकी छन्। च्यारिटी डिनरका लागि गायिका आनी छोइङसंगै संगितकार न्यू बज्राचार्य, सारंगीवादक प्रिन्स नेपाली, बांसुरीवादक रमन महर्जन र पर्कुसनिस्ट सुन्दरकुमार महर्जन पनि आउने भएका छन्। सम्पुर्ण कलाकारहरुको भिसा भैसकेको र उनीहरु जुलाई ४ मा बेलायत उत्रिने कार्यक्रम रहेको बताइएको छ ।

 

आयोजक बुद्धिस्ट गुम्बा रेडिङले आइतबार अल्डरसटमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै सो कार्यक्रमको तयारीबारे जानकारी गराएको हो। पत्रकार सम्मेलन बुद्धिस्ट गुम्बा रेडिङका अध्यक्ष खेमबहादुर गुरुङको अध्यक्षता भयको थियो । कार्यक्रममा महासचिव कमल गुरुङ, कोषाध्यक्ष मेजर बुद्धिबहादुर गुरुङ, ट्रस्टीहरु रजनी गुरुङ र उषा गुरुङ लगायतले कार्यक्रमको तयारीबारे विभिन्न जानकारी गराएका थिए ।

साँझ साढे ५ बजेदेखि सुरु हुने कार्यक्रममा गायिका आनीले बुद्ध धर्मसम्बन्धी प्रवचन समेत दिनेछिन्। १००० दर्शक छमता भयको रीभरमेड सेन्टरमा ७०० टिकट बिक्री भैसकेको आयोजकले जानकारी गराएकाछन्। कार्यक्रमको लागि साधारण प्रवेश टिकट मुल्य ५० पाउण्ड छ भने भिआईपी प्रवेश टिकटको १ सय पाउण्ड छ ।

टिकटको लागि:-
https://www.eventbrite.co.uk मा गएर लिन अनलाइन किन्न सकिनेछ भने कार्यक्रमबारे अन्य जानकारी संस्थाको वेबसाइट:-
https://buddhistgumba.co.uk मा उपलब्धछ ।

ईस्ट रेडिङका सांसद आलोक शर्मा, स्थानीय मेयर, काउन्सिल लिडरसहितका विशेष अतिथिहरुलाई निमन्त्रणा गरीयको सो कार्यक्रममा बुद्धिस्ट गुम्बा रेडिङले ५ देखि ७ लाख पाउण्डसम्मको लगानीमा रेडिङमा गुम्बा निर्माणको योजना बनाएको छ । बुध्द गुम्बा बनाउने अभियान सुरु भएको १ वर्षभित्रैमा १ लाख ६० हजार पाउण्ड संकलनवलोकन गर्दै रहेको  समाचारछ र अन्य दाताहरुबाट समेत सहयोगको आश्वासन पाइसकेको यो बेला उचीत जग्गाको पनि अभन्दै संस्थाका पदाधिकारीहरुले आउँदो २,३ वर्षभित्रै गुम्बा निर्माणको कार्य पूरा गर्ने लक्ष्य राखिएको बताएको छ।
एम्पायरहल अलडरसटमा भयको सो प्रेषमीटमा कान्तीपुरका नवीन पोखरेल, एभरेष्ट टाइम्स नेटका एसके गुरूङ, गोरखा इन्फरमेसनका पुर्ण गुरूङ, नेपालीपत्रका ध्रुवराज अर्याल, शीतलपाटीन्युजका बाचस्पति रेग्मीको उपस्थिती थियो। साथै बेलायतमा बसोबास गर्ने सबै नेपालीलाई गुम्वा निर्माणमा सहयोग गर्न अनुरोध गरीएको छ।

Share the Post:

Recent Posts

Pragyaparamita (Hyumposti)

With the noble intentions of world peace, the salvation of all departed souls (ancestors), and the accumulation of boundless merit, Buddhist Gumba Reading UK has

Read More »

Saga Dawa

In Saga Dawa, Buddhist Gumba Reading UK (BGRUK) successfully hosted a sacred one-day Shindrup Brata at own monastery on Sunday, 17 May 2026. Saga Dawa

Read More »

Related Posts

Tamu Lhochhar 2082

नमो गुरुःनमो बुद्धायःनमो धर्मायःनमो संघाय   On the occasion of Tamu Lhochhar 2082, we like to wish Happy, Prosperous and

Read More

लोपोन (बौद्ध आचार्य) छेवाङ सोनम गुरूज्यू लाई बुद्धिस्ट गुम्बा रेडींग यूकेको तर्फाबाट बिदाई

गत २० जुलाई २०२० का दिन बुद्धिस्ट गुम्बा रेडींग यूकेका कार्यसमितीका सदस्य श्रीमान झलक वीर र श्रीमती सगुन गुरुङको  नयॉ

Read More
Back To Top