Skip to content

बुद्धिस्ट गुम्बा रेडिङ यूकेले १८ अगस्टमा धर्मदेशना कार्यक्रम गर्ने, एफएनजे नयाँ कार्यसमितिलाई बधाई ज्ञापन

लन्डन ३१ जुलाई २०२४ । बेलायतमा आगामी १८ अगस्ट २०२४ मा धर्मदेशना कार्यक्रम र अन्तक्रिया हुने भएको छ ।

बुद्धिस्ट गुम्बा रेडिङ यूकेका गुम्बाका मूल गुरु खेन् रिन्पोछे शिर लामा (थुप्तेन येशे) ले भर्दो थ्योडोल छेन्मो अन्तर्गत प्रस्ट्याउन खोजेका हुन् । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा हुनेछ ।

मूल गुरु शिर लामाले भने, ‘भर्दो थ्योडोल छेन्मोको धर्म देशनालाई बृहत् सरल र सबैले बुझ्ने तरिकाले स्पस्ट पार्ने तयारी मैले गरेको छु । धर्मदेशना एक/डेढ घण्टाको हुने र त्यसको बीचमा विश्राम पनि हुनेछ ।’ उक्त दिन ग्रहशान्तिका लागि च्योयो पूजा पनि हुने छ ।

बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्मा सबै कार्यक्रम हुने मूल गुरु शिर लामाले जानकारी दिए । ११ देखि लगभग २ बजेसम्मको अवधिमा धर्मदेशना गरिने छ भने त्यसबीचमा केही अन्तर्क्रिया गरिने योजना रहेको छ ।

यसअघिका धर्मदेशना अन्तरक्रियामा मृत्यु संस्कारबारेमा धेरै मानिसहरुको चिन्ता, चासो र जिज्ञासा उठेको आफूले महसुस गरेको भन्दै मूल गुरु शिर लामाले मृत्यु संस्कारलाई सजिलो, सहज बनाउन हामीले ज्ञान र शिक्षा लिन आवश्यक देखिएकोले १८ तारिखमा धर्म देशना (अन्तराभव श्रवण महाविमुक्ति) कार्यक्रम राखिएको प्रस्ट पारे ।

बेलायतमा विद्युतीय माध्यमबाट शव जलाउने गरिन्छ । त्यसक्रममा गरिने विधि, चाहिने सामग्री, कस्तो ठाउँ उपयुक्त हुन्छ, घरमै वा गुम्मा पार्थिव शरीर राखेर गर्दा कस्तो हुन्छ लगायत विषयमा जानकारी गराइने मूल गुरु शिर लामाले बताए ।

यस्तै सेप्टेम्बरको २ तारिखबाट ८ तारिखसम्म बुद्धिस्ट गुम्बा रेडिङ यूके प्रज्ञापारामिता ग्रन्थ १६ रहेको र त्यसलाई ७/८ जना लामागुरुबाट वाचन गर्ने उद्देश्य अनुरुप पूजा राखिएको जानकारी गराएका छन् । प्रज्ञापारामिता वाचन अनुष्ठानका लागि एकै दिन सकाउन करिब ६० जना गुरु आवश्यक हुने भए पनि बेलायतमा गुरु अभाव रहेकोले दैनिक ६/७ जनाको दरले ७ दिन वाचन गर्न लागिएको उनको भनाइ छ ।

विश्वशान्तिका लागि गरिने वाचन कार्यक्रममा दिइएको दान उपस्थित भक्तजनहरुलाई प्रसाद, भोजन गराउने र बचेको रकमले गुम्बाको संरचना निर्माण गर्ने लक्ष्य रहेको उनले बताए ।

पूजामा उपस्थित भएर धर्म शिक्षाका साथै पुण्यलाभ लिनका लागि यूकेवासी बौद्ध अनुयायीहरूमा गुम्बाले निमन्त्रणासमेत गरेको छ ।

पत्रकार सम्मेलनमा बुद्धिस्ट गुम्बा रेडिङ यूकेका अध्यक्ष ई खेमबहादुर गुरुङलगायत पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थिति थियो ।

यसैबीच पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बेलायतको नवनिर्वाचित अध्यक्ष बिमला सेने नेतृत्वको कार्यसमितिलाई बुद्धिस्ट गुम्बा रेडिङ यूकेको तर्फबाट स्वागत, बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको थियो ।

Share the Post:

Recent Posts

Pragyaparamita (Hyumposti)

With the noble intentions of world peace, the salvation of all departed souls (ancestors), and the accumulation of boundless merit, Buddhist Gumba Reading UK has

Read More »

Saga Dawa

In Saga Dawa, Buddhist Gumba Reading UK (BGRUK) successfully hosted a sacred one-day Shindrup Brata at own monastery on Sunday, 17 May 2026. Saga Dawa

Read More »
Back To Top