Skip to content

बुद्धिष्ट गुम्बा रेडिङ्गकी महिलाहरु ‘रेस फर लाईफ’ मा सहभागिता

बुद्धिष्ट गुम्बा रेडिङ्गकी महिला तथा दिदीबहिनीहरुले क्यान्सर रिसर्च यूकेको सहयोगार्थ ५ के रेस फर लाईफ दौडमा भाग लिएकी छन् ।

गत आइतबार १४ जुलाईका दिन रेडिङ्गस्थित प्रोस्पेक्ट पार्कमा सम्पन्न ५ के दौडमा बुद्धिष्ट गुम्बा रेडिङ्गकी ४७ जना महिलाहरु सहभागी थिए । बिहान ११ बजे सुरू भएको दौडमा सहभागी महिलाहरुलाई हौसला दिन बुद्धिष्ट गुम्बा रेडिङका अध्यक्ष ई खेमबहादुर गुरुङ, उपाध्यक्ष नरबहादुर गुरुङ, महासचिव कमल गुरुङ लगायत थुप्रै रेडिङको बाबाआमाहरुले साथ दिए । क्यान्सरविरुद्ध लड्न सहभागी भएको दौडमा बुद्धिष्ट गुम्बा रेडिङको तर्फबाट संयोजक राजकुमारी गुरुङ, अध्यक्ष ई खेमबहादुर गुरुङ, उपाअध्यक्ष नरबहादुर गुरुङ, महासचिव कमल गुरुङबाट ९१७ पाउन्ड ५१ पेन्सको चेक क्यान्सर रिसर्च यूकेको प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।

बुद्धिष्ट गुम्बा रेडिङ्गकी राजकुमारी गुरुङले संयोजन गरेको दौडमा मिनकुमारी गुरुङले खानाको प्रबन्ध मिलाएकी थिइन् ।

Share the Post:

Recent Posts

Related Posts

तमु समुदायको महान् पर्व तमु ल्होछारको अवसरमा बेलायतको रेडिङस्थित बुद्धिष्ट गुम्बामा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

लन्डन—गुरू रिन्पोछे दशमीको पावन पुण्य तिथि तथा तमु समुदायको महान् पर्व तमु ल्होछारको अवसरमा बेलायतको रेडिङस्थित बुद्धिष्ट गुम्बामा विशेष धार्मिक

Read More
Back To Top