Skip to content

ल्होछार अवसरमा बुद्धिस्ट गुम्बा रेडिड युके परिवारको पूजापाठ

नमो गुरुः नमो बुद्धायः। नमो धर्मायः नमो संघायः

बुद्धिस्ट गुम्बा रेडींग यूकेका मूलगुरु श्रद्धेय खेन् पिम्पोछे शिर लामा गुरु ज्यू, पूजा प्रमुख खेन् रिम्पोछे श्रदेय श्याम कुमार गुरु ज्यू, बरिष्ट लामा श्री गणेश गुरु ज्यू लगायत सम्पूर्ण गुरुहरु, गुम्बाको अध्यक्ष ज्यू लगायत सम्पूर्ण लगायत कार्यसमिति, ट्रस्टी ज्यूहरु, सम्पूर्ण आमाहरु, आमन्त्रित बिशिष्ट अतिथी बर्ग र हामीलाइ हरेक पलमा माया गर्नुहुने सम्पूर्ण झिन्दकहरुमा “ तमू ल्होछार २०२३ र अंग्रेज़ी नयॉ वर्ष २०२४” मंगलमय हार्दिक शुभकामना ।

हिजो ३१ डीसेम्बर २०२३ तमू ल्होछारका दिन बुद्धिस्ट गुम्बा रेडींग यूकेको आफ्नै भवनमा यहॉहरु सबैको साथ सहयोगले भव्य रुपमा ल्होछार कार्यक्रम मनायौ । बिहानै बाट सयौ झिन्दकहरु पूजामा सम्मिलित हुनुभयो । पचासौ स्वयंसेवक यूवा झिन्दकहरुले स्वस्फूर्त रुपमा गुम्बाका झिन्दकहरुको सेवामा तल्लिन हुनु भै बेलुकी सम्म सबैले आनन्दकका साथ एक आपसमा नयॉ ल्होछारको शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनायौ । विसौ युवा भोलिन्टीयरहरुले प्रशासनिक तथा पाहुना हेरचाहामा तमू पोशामकमा अतुलनीय योगदान दिनु भयो । हाम्रा संसारभरमा अव्वल आमाहरुले गुम्बाका सम्पूर्ण झिन्दकहरुलाइ पकाएर भोजन गराउनु भयो। चियापान गराउनु भयो । सम्पूर्ण गुम्बा दाज्यूभाइहरुले आज मात्र नभएर प्रतेक दिन प्रतेक क्षण गुम्बाको हरेक कार्यक्रममा आवस्यक तैयारी र गुम्बालाइ अगाडी बढाउन अनवरत गर्नु भएको सेवाको प्रशंसाको कुनै शब्दहरु नै छैन । अर्को शव्दमा बुद्धिस्ट गुम्बा रेडींग यूकेका गुरुहरु लगायत सम्पूर्ण परिवार र झिन्दकहरु जस्तो Dedication संसारका कुनै पनि संस्थामा नहोला भन्ने मेरो व्यक्तिगत ठम्याइ छ । कार्यक्रम सकिएपछी दिनभरीको थकाइलाइ पर सारेर गुम्बाको पूरा सफाइका साथै बेलुकी १० बजेसम्म गफगाफ गरी गुरुहरु सहित सवै हासो रमाइलो गरेर आफ्नै गुम्बामा सेवाको भावले ओतपोत भएर बुद्ध भगवानको मूर्तीहरुको अगाडी वस्दाको क्षणको आनन्दको वर्णन हामी कसैले शव्दमा गर्न सक्दैनौं ।

यसरी गुम्बाको इतिहासमा आफ्नै गुम्बामा पहिलो पटक भव्य रुपमा तमू ल्होछार मनाउन पाउँदाको वर्णन जति गरेपनि सकिन्न्न ।

अन्तमा, यस “ तमू ल्होछार २०२३ “ लाइ भव्य रुपमा सफल बनाउन अथक दुख र सहयोग गर्नुहुने हाम्रा श्रद्धेय मूलगुरु, गुम्बाका २ जना गुरुहरु, कार्यसमिति, ट्रस्टी ज्यूहरु, आमाहरु, आमन्त्रित पाहुनाहरु र उपस्थित सम्पूर्ण झिन्दकहरु र परोक्ष रुपमा संधै साथ सहयोग गर्नुहुने झिन्दकहरुमा हृदय देखि गुम्बाको र मेरो व्यक्तिगत तर्फवाट आभारका धन्यवाद टक्राउँदछौं र भविष्यमा पनि यहॉहरु र हाम्रो माया र सदभाव यसरी नै प्रत्येक
क्षण बलियो हुंदै जाने बिस्वास लिएकोछु ।

धन्यवाद!!!

तमू ल्होछारै आशीमाला ।
HAPPY NEW YEAR 2024

कमल गुरुंग
महासचिव
बुद्धिस्ट गुम्बा रेडींग यूके

Share the Post:

Recent Posts

Pragyaparamita (Hyumposti)

With the noble intentions of world peace, the salvation of all departed souls (ancestors), and the accumulation of boundless merit, Buddhist Gumba Reading UK has

Read More »

Related Posts

17 Novemebr मा बुद्धिष्ट गुम्बा रेडिङले शीरलामाको प्रवचनसहित बृहतअन्तर्क्रिया गर्ने

बुद्धिष्ट गुम्बा रेडिङ्गले खेम्पो शीरलामा गुरुङको प्रवचनसहित एक विशेष अन्तरकृया कार्यक्रमको आयोजना गर्ने भएको छ । गत शनिबार २ नोभेम्बर दिउँसो

Read More

बुद्धिस्ट गुम्बा रेडिङ युकेको तर्फबाट १० लाख ९५ हजार दान सहयोग

लण्डन असार ३१ । बुद्धिस्ट गुम्बा रेडिङ् युकेले २५६५ औं बुद्ध जयन्तीको अवसरमा नेपालका बिभन्न गुम्बाहरुलाई आर्थिक सहयोग गरेको छ

Read More

लोपोन (बौद्ध आचार्य) छेवाङ सोनम गुरूज्यू लाई बुद्धिस्ट गुम्बा रेडींग यूकेको तर्फाबाट बिदाई

गत २० जुलाई २०२० का दिन बुद्धिस्ट गुम्बा रेडींग यूकेका कार्यसमितीका सदस्य श्रीमान झलक वीर र श्रीमती सगुन गुरुङको  नयॉ

Read More
Back To Top