17 Novemebr मा बुद्धिष्ट गुम्बा रेडिङले शीरलामाको प्रवचनसहित बृहतअन्तर्क्रिया गर्ने

बुद्धिष्ट गुम्बा रेडिङ्गले खेम्पो शीरलामा गुरुङको प्रवचनसहित एक विशेष अन्तरकृया कार्यक्रमको आयोजना गर्ने भएको छ । गत शनिबार २ नोभेम्बर दिउँसो अल्डरसटस्थित एम्पायर हलमा आयोजित पत्रकारमा गुम्बा रेडिङले उक्त जानकारी गराएको हो । बुद्धिष्ट गुम्बा रेडिङ्गले आउँदो १७ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा अन्तर्क्रियासहित प्रवचन कार्यक्रम गर्न लागिएको हो ।
पत्रकार सम्मेलनमा बौद्ध दर्शनमा विद्यावारिधी गरेका खेन्पो लामा गुरुङले बौद्ध धर्म विधिमा आधारित जन्म, मृत्यु र संस्कारलाई एकरुपता ल्याउने प्रयासअनुरुप प्रवचनसहित बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको बताए ।
सो अवसरमा रेडिङ्ग गुम्बाका महासचिव कमल गुरुङले कार्यक्रमको तयारी पूरा भएको, नि:शुल्क प्रवेशको व्यवस्था गरिएको र बेलायतमा रहेका विभिन्न संघसंस्थाहरुलाई निमन्त्रणा गरिएको जानकारी दिँदै बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरे । पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासालाई खेन्पो लामागुरु लगायत बुद्धिष्ट गुम्बा रेडिङ्गका पदाधिकारीहरुले मेटाउने प्रयास गरेका थिए ।
त्यस दिन गुरुङ लामा बौद्धिष्ट एशोसिएसनका अध्यक्षसमेत रहेका खेन्पो लामाले बिहान महाकाल पूजा गर्ने छन् भने दिउँसो बृहत् अन्तर्क्रिया कार्यक्रम हुनेछ । नेपालमा जन्म तथा मृत्युमा के कस्तो संस्कार छ भन्ने बारेमा समेत अन्तत्र्रिmयामा अझ स्पष्ट हुने उनको भनाइ थियो । पत्रकार सम्मेलनमा बुद्धिष्ट गुम्बा रेडिङ्गका अध्यक्ष ई. खेमबहादुर गुरुङ लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको बाक्लो उपस्थितिरहेको थियो ।