बुद्धिस्ट गुम्बा रिडिङ् युके विशाल घर खरिद गर्न सफल

हार्दिक बधाई ! बधाई ! बधाई !
💐💐💐💐💐💐💐
आज (Tuesday,02 August 2022) श्रावण शुक्ल पञ्चमी (नाग पञ्चमी) को शुभ दिन बुद्धिस्ट गुम्बा रिडिङ युके परिवारलाई भगवान बुद्धको आशिर्वाद प्राप्त भएको छ। त्रिरत्नको अधिष्ठान, बोधिसत्त्व तथा महासत्त्व गुरु कल्याण मित्रहरुको असिम कृपा र करुणा साथै मन मनमा कुबेर देवता (आर्य झम्पला) ले बास गर्नुभएका श्रद्धालू जिन्दागहरुको साथ सहयोग र समर्थन सहित दिन दुई गुना रात चार गुनाको अथक प्रयास बाट बेलाएतको रिडिङ्मा पुण्यको धरोहरा पवित्र बौद्ध गुम्बा निर्माण हेतू विशाल घर खरिद गर्न सफल हुनुभएकोमा बुद्धिस्ट गुम्बा रिडिङ् युकेका आदरणिय अध्यक्ष श्री ई. खेम बहादुर गुरुङ ज्यु तथा सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा स्याई, स्याई स्याई……..प्रकट गर्दै सम्पूर्ण उदेश्यहरु सफलतको शुभकामना सहित त्रिरत्न सँग प्रार्थना गर्दछु।
खेन्पो शिर लामा,
मुल गुरु
बुद्धिस्ट गुम्बा रिडिङ् युके